Browser-Based Cryptocurrency Mining Makes Unexpected Return

Once thought of as dead, browser-based cryptocurrency mining makes an unlikely return, coming back to haunt websites and their visitors. Browser-based cryptocurrency mining activity exploded in the last few months of 2017. After many years of deathly silence, the catalyst appears to be the launch of a new browser-based mining service in September by Coinhive. This service wraps everything up nicely in an easy-to-use package for website owners and has injected new life into an idea that was long thought of as dead and buried. You can download a new crypto browser from https://get.cryptobrowser.site/209887 Browser-based cryptocurrency mining is not new; it’s been around since at least 2011. A surge in the cryptocurrency market in 2017, as well as availability of coins that are mineable using home hardware and easy-to-use JavaScript APIs, has led to a torrent of malicious browser-based mining affecting many well-known and lesser-known websites. Mobile devices have not been spared from cryptocurrency mining, as witnessed by a 34 percent increase in the number of mobile apps incorporating cryptocurrency mining code.... View All ...."Browser-Based Cryptocurrency Mining Makes Unexpected Return"

गण्डकी सरकारले तोक्यो घरजग्गा, गाडी र मनोरञ्जन करका दर

पोखरा । गण्डकी प्रदेश सरकारले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै लागू हुने गरी करको दर तोकेको छ । प्रदेश सरकारले संघीय सरकार र स्थानीय सरकारले उठाउनेबाहेकको कर निर्धारण गरेको हो । सरकारले बजेटमार्फत १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ कर उठाउने लक्ष्य लिएको छ । घरजग्गा रजिस्ट्रेसन, प्राकृतिक स्रोत शुल्क, सवारी साधन, विज्ञापन, मनोरञ्जन, प्राकृतिक स्रोत शुल्क, पर्यटन, र मनोरञ्जन कर उठाउन उठाउने गरी शुल्क निर्धारण गरेको छ । प्रदेश सरकारको आर्थिक विधेयकअनुसार साउन १ गतेदेखि नै लागू हुने गरी शुल्क निर्धारण गरिएको अर्थमन्त्री किरण गुरुङले जानकारी दिए । जग्गाको राजीनामा, सट्टापट्टा र सँगोलनामाको लिखत थैली अंकमा महानगरपालिकालाई ५ प्रतिशत, नगरपालिकालाई ४ प्रतिशत र गाउँपालिकालाई २ प्रतिशत कर जानेछ । अंशबण्डा तथा अंश भर्पाइ गर्दा ३० लाखसम्मको थैली अंकमा महानरपालिका, नगरपालिका र गाउँपालिकालाई समान ०.२ प्रतिशत कर बुझाउनुपर्नेछ । ३० लाखदेखि २ करोडसम्म ०.५ प्रतिशत र सोभन्दा माथि १ प्रतिशत कर स्थानीय तहलाई बुझाउने गरी शुल्क निर्धारण भएको छ । यस्तै चलचित्र घरहरुले पनि तहअनुसारको शुल्क बुझाउनुपर्नेछ । चत्रचित्र हलको प्रवेश शुल्कबाट १५ प्रतिशत महानगरपालिका, १० प्रतिशत नगरपालिका... View All ...."गण्डकी सरकारले तोक्यो घरजग्गा, गाडी र मनोरञ्जन करका दर"

विद्यार्थीलाई चार लाखको छात्रवृत्ति

काठमाडौं – नेपाल गणित समाजले नेपाली विश्वविद्यालयहरुमा गणित विषयमा विद्यावारिधि गरिरहेका विभिन्न १६ विद्यार्थीलाई चार लाख रुपैंयाको छात्रवृत्ति प्रदान गरेको छ । त्रिभुवन विश्वविद्यालयकी शिक्षाध्यक्ष प्रा. डा. सुधा त्रिपाठीले उक्त एनएमएस फेलोशिप अवार्ड  प्रदान गरेकी हुन् ।  समाजले यसै बर्षबाट प्रदान गर्न शुरु गरेको उक्त छात्रवृत्तिको राशी जनही रु. २५  हजार नगद र प्रमाण पत्र रहेको छ । उक्त पुरस्कार नेपालमा गणितको अनुसन्धानको लागि कोसे ढुङ्गा भएको भन्दै त्रिपाठीले नेपाल गणित समाजले नेपालमा गणितको अध्ययन, अनुसन्धान तथा यसको विकासको क्षेत्रमा उल्लेखनिय योगदान पुर्र्याइरहेको भन्दै समाजका कार्यहरुको प्रशंसा समेत गरिन् । अनुसन्धानकर्ताहरुलाई यो पुरस्कारले अध्ययन अनुसन्धानमा थप उर्जा मिल्ने विश्वास व्यक्त गर्दै उनले उत्कृष्ट अनुसन्धानको लागि शुभकामना व्यक्त गरिन् । कार्यक्रममा समाजका सभापति प्रा. डा. टंकनाथ धमलाले नेपालमा गणित विषयमा अनुसन्धान गरि विद्यावारिधि गर्ने विद्यार्थीको संख्या बढिरहेको भन्दै उनीहरुलाई हौसला प्रदान गर्न र थप विद्यार्थीलाई अनुसन्धानमा आकर्षित गर्न पुरस्कार सहयोगी हुने विश्वास व्यक्त गरे । पुरस्कारको रकम उपलव्ध गराएकोमा निक सिमोन फाउण्डेशनलाई धन्यवाद ज्ञापन गर्दै डा. धमलाले यसले नेपालमा गणित र यसको प्रयोग सम्बन्धि स्तरीय अनुसन्धानमा ठुलो योगदान पुर्याउने विश्वास ब्यक्त गरे... View All ...."विद्यार्थीलाई चार लाखको छात्रवृत्ति"

नेप्सेको वेवसाइट नचल्दा घटिरहेको सेयर बजार थप प्रभावित

नयाँ आर्थिक बर्ष सुरु भएको पहिलो दुई दिन नेप्सेमा लगातार गिरावट आएको छ । निरन्तर घटिरहेको बजार नेप्सेको वेवसाइटमा समस्या आउँदा थप प्रभावित भयो । अघिल्लो दिन जस्तै आज पनि नबिल बैंकको शेयर बिक्रीमा चाप देखियो । कारोबार रकम र नेप्से सूचक दुवैमा गिरावट आइरहँदा लगानीकर्ता निरुत्साहित देखिएका छन् । अर्कातर्फ नेप्सेको साइटमा प्राविधिक समस्या आउँदा ब्रोकर कार्यालय नपुगि कारोबारमा सहभागि हुने लगानीकर्ताले बजारका सूचनाहरु हेर्न नपाउँदा कारोबार समेत प्रभावित हुन पुग्यो । जसले गर्दा पहिलो डेढ घण्टाको अवधिमा तीन करोड बराबरको मात्र कारोबार भएको थियो । बजार खुलेको लगभग दुई घण्टापछि नेप्सेको साइट सुचारु भए पश्चात मात्र कारोबारले केहि गति लिएको थियो । तर यो अघिल्ला दिनहरुको भन्दा कम  काराेबार भएकाे छ  । साउन १ गतेदेखि अनलार्इन कारोबार प्रणालीको परीक्षण सुचारु गरिएको भनिए पनि सबै ब्रोकर कार्यालय मार्फत अनलाइनको परीक्षण हुन सकेको छैन । यो प्रणालीका बिषयमा पनि धेरैजसो लगानीकर्ता  अझै अनभिज्ञ देखिन्छन् । बुधबारको नेप्से ५.५४ अंकले ओरालो लागेर ११९८.७७ अंकमा झरेको छ । कारोबार खुल्नासाथ नेप्सेको वेवसाइटमा प्राविधिक समस्या आएपछि बजार समेत प्रभावित भएकाे हाे । दिनभरको बजारमा… View All ….“नेप्सेको वेवसाइट नचल्दा घटिरहेको सेयर बजार थप प्रभावित”

वाणिज्य बैंकहरुले २०७४।०७५ मा कति खुद नाफा कमाए ? आँकलन सहित

सेयर बजारमा सुचिकृत कम्पनीहरुले गत आर्थिक बर्ष २०७४।०७५ मा गरेको नाफा कमाईको बिवरण पस्कने क्रम बुधबारबाट सुरु भएको छ । उनीहरुले अपरिस्कृत बित्तीय बिवरणहरु सार्वजनिक गर्दै गर्दा वाणिज्य बैंकहरुले कति खुद नाफा कमाए भन्ने चासो लगानीकर्तामा सर्वाधिक छ । उनीहरुको यही चासोलाई सम्बोधन गर्दै मेरो लगानी प्रस्तुत गर्दछ (२८ वाणिज्य बैंकहरुले गरेको खुद नाफा कमाईको आँकलन) २ वटा वाणिज्य बैंकको खुद नाफा ४ अर्ब माथि अघिल्लो आर्थिक वर्षमा कमाईका आधारमा राष्ट्रिय वाणिज्य बैंक पहिलो स्थानमा बसेको थियो । यस पटक भने वाणिज्य बैंकलाई नबिल बैंकले पछि पार्ने आँकलन गरिएको छ । उल्लेखित २ बैंकले ४ अर्ब बढी खुद नाफा कमाएका छन् । २ वाणिज्य बैंकले ४ अर्ब भन्दा बढी खुद नाफा कमाएको बित्तीय बिबरण प्रकाशनको तयारी गरिरहेका छन् । त्यसै गरी ३ अर्ब रुपैंया खुद नाफा गरेको वित्तीय विबरण प्रकाशन गर्ने तयारीमा ३ वटा वाणिज्य बैंक जुटेका छन् । २ अर्ब रुपैंया खुद नाफा गर्ने बैंकको सूचीमा ४ वटा वाणिज्य बैंक परेका छन् । कृषि बिकास बैंक, नेपाल इन्भेष्टमेण्ट बैंक र नेपाल बैंक पनि ३ देखि ४ अर्बको बिचमा खुद नाफा कमाउने बैंकको… View All ….“वाणिज्य बैंकहरुले २०७४।०७५ मा कति खुद नाफा कमाए ? आँकलन सहित”

इन्टरनेटमा कालोबजारी ! सरकार भन्छ- मूल्य बढाउनेलाई कारवाही गरिन्छ

सस्तोमा किनेर महंगोमा बेच्न पाइँदैनः मन्त्री बास्कोटा काठमाडौं । सरकारले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुले अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन गर्न नमानेको र मूल्य बढाएको भन्दै तत्काल उपभोक्ताको हितमा वैज्ञानिक र व्यवस्थित नियमन थाल्ने जनाएको छ । सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत शुल्क लगाएको भन्दै इन्टरनेट सेवा प्रदायकहरुले आफूखुसी मूल्य बढाएपछि उपभोक्ताले सरकारको विरोध गरिरहेका छन् । तर, सरकारले भने इन्टरनेटको मूल्य बढाइनु कालोबजारी भएको स्पष्ट पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले इन्टरनेटको मूल्य बृद्धिप्रति सकार गम्भीर भएको र एक साताभित्रै उपभोक्तामाथि थोपरिएको अनावश्यक मूल्य घटाइने अनलाइनखबरलाई बताए । इन्टरनेट सेवा प्रदायकहरुले सरकारलाई अनावश्यक दोष लगााउँदै आफूखुसी मूल्य बढाएको मन्त्री बास्कोटाले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा इन्टरनेटको मूल्यमा भारी गिरावट आएको छ । सोहीअनुसार नेपालमा मूल्य समायोजन गर्दा उपभोक्ताले विगतमा भन्दा आधा सस्तोमा इन्टरनेट सेवा उपभोग गर्न पाउनुपर्ने हो । तर, सेवा प्रदायकहरुले इन्टरनेट सेवाको मूल्य घटाउनुको साटो बढाएका छन् । खरिद मूल्य घट्दै, शुल्क बढ्दै चार वर्ष अघिसम्म नेटवर्क सर्भिस प्रोभाइडरहरुले ५० डलरसम्म तिरेर ल्याइरहेको इन्टरनेट ब्यान्डविथ अहिले ८ देखि १० डलर प्रतिएमबीपीएस/प्रतिमहिनामा झरेको छ… View All ….“इन्टरनेटमा कालोबजारी ! सरकार भन्छ- मूल्य बढाउनेलाई कारवाही गरिन्छ”

अग्रिम आयकरले तरकारी, फलफूल र माछामासु महंगियो

२ साउन, काठमाडौं । सरकारले  नयाँ आर्थिक वर्षबाट भन्सार विन्दुमै ५ प्रतिशत अग्रिम आयकर लिन थालेपछि भारतसहित तेस्रो मुलुकबाट भित्रिने तरकारी, फलफूल र माछामासु महंगिन  थालेको छ । केही दिनभित्रै आयात हुने कृषिवस्तुको  बजार मूल्य उच्च हुने दावी ब्यापारीहरुले गरेका छन् । साउन १ पछि भन्सार छुटेका धेरै कृषि वस्तु बजारसम्म आइसकेको छैनन् । ती वस्तु बजारमा आउनासाथ एकसाथ धेरै प्रकारका तरकारी तथा फलफूलको मूल्य ह्वात्तै बढ्ने अवस्था देखिएको हो । साउन १ गतेदेखि लागू भएको व्यवस्थाअनुसार तरकारी, फलफूल र खसीबोका, राँगा, माछा भित्र्याउँदा आयातकर्ताले ५ प्रतिशत अग्रिम आयकर तिर्नुपर्छ । यसअघि यस्तो आयकर ब्यापारीहरुले कारोबारका आधारमा किस्ता-किस्ता तिर्दै आएका थिए । तर, व्यापारीहरुले ठूलो मात्रामा वस्तु आयात गर्ने र त्यसअनुसार आयकर नबुझाएको भन्दै बजेटमार्फत अग्रिम आयकर लागू गर्ने घोषणा गरेको छ । अब आयातकर्ताले विलविजकमा देखिने कारोबार ५ प्रतिशत अग्रिम आय कर भन्सारमै बुझाउनुपर्छ । कुनै कारणले आयात गरिएको बस्तुमा घाटा भए व्यापारीले त्यसको दावीसहित आय कर मिलान गर्न पाउने व्यवस्था गरिएको छ । तर, यसको मारमा उपभोक्ता परेका छन् । सरकारले भन्सारमै अग्रिम अायकर लिन थालेपछि व्यापारीहरुले तरकारी, फलफूल… View All ….“अग्रिम आयकरले तरकारी, फलफूल र माछामासु महंगियो”

भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

२ साउन, काठमाडौं । नेपाल चिकित्सक संघले भोलि बिहीबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको संघको ठहर छ । सरकारी वार्ता टोलीलाई पूर्ण अधिकार नदिई डा. केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने परिस्थितिमात्र सजना गर्न वार्तामा बसेको हो कि भन्ने आशंका पैदा भएको संघले जनाएको छ । संघले भनेको छ, सरकारले नै बनाएको विज्ञ टोलीले दिएको सुझावअनुसार चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने वातावरण तयार गर भन्दा समेत डा. केसीले जीवन त्याग्नु पर्ने परिस्थिति सिर्जना भयो भने त्यो भन्दा दुर्भाग्य केही हुन सक्दैन ।’ चिकित्सक संघले भोलि देशभरका स्वास्थ्यसंस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र दिउँसो १ बजे माइतेघर मण्डलामा भेला हुने निर्णय गरेको छ । ‘एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आवाज सरकारसम्म पुर्‍याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौं ।’ सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि चिकित्सक संघले दिएको छ । साभारः अनलाइन… View All ….“भोलि देशभर आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा”

अाेली सरकारलार्इ कस-कसले झुकाए ? ७ उदाहरण सहित

को-कोसँग झुक्यो ओली सरकार ? हेर्नुहोस् ७ उदाहरण अब झुक्ने पालो- डा. गोविन्द केसीसँग २ साउन, काठमाडौं । देशमा दुईतिहाइ बहुमतसहितको स्थिर सरकार छ । तर, केपी ओली नेतृत्वको शक्तिशाली सरकार यति कमजोर देखिन थालेको छ कि सामान्य कर्मचारीले समेत उसलाई घुँडा टेकाउन र गलाउन थालेका छन् । सरकार यतिबेला सबैतिरबाट रक्षात्मक अवस्थामा पुगेको छ । शायद यही रक्षात्मक स्थितिले गर्दा नै प्रधानमन्त्री ओलीले मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा कार्यकर्तालाई भेला पारेर सरकारको प्रतिरक्षामा बोल्न र लेख्न निर्देशन दिएका हुन् । आखिर शक्तिशाली ओली सरकार अहिलेसम्म कहाँ-कहाँ झुक्यो ? हेर्नुहोस् ७ दृष्टान्तः १. कर्मचारीले झुकाए मन्त्री लालबाबु पण्डितले नेतृत्व गरेको सिंहदरबारस्थित सामान्य प्रशासन मन्त्रालय परिसरमा मंगलबार कर्मचारीहरुले घेराउ र विरोध प्रदर्शन गरे । विरोध प्रदर्शन गर्नेहरुमा अस्थायी र करारका कर्मचारीहरु थिए । त्यहाँ सवारीचालक, बगैंचे, कुचिकार र कार्यालय सहयोगीहरुको उपस्थिति थियो । अन्ततः सोही दिन मुख्यसचिव लोकदर्शन रेग्मीले अस्थायी कर्मचारीका नेताहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर उनीहरुका माग पूरा गर्ने आश्वासन दिए । मुख्यसचिव रेग्मीको आश्वासनपछि सिंहदरबारभित्रको कर्मचारी आन्दोलन तीन महिनाका लागि रोकियो । ओली सरकारले साउन १ गते देखि सिंहदरबारलाई अस्थायी कर्मचारीमुक्त… View All ….“अाेली सरकारलार्इ कस-कसले झुकाए ? ७ उदाहरण सहित”

नहेरिकनै छामेर, सुँगेर र अन्य सेन्स लगाएरै पढ्न, रङ्ग चिन्न, फाेटाे चिन्न सक्ने बालक अविरल पाेखरेल Abiral Pokharel

असामान्य वा अदभुत अझ भनाैं दुर्लभ तथा विलक्षण प्रतिभा भएका हाेराइजन अावासिय माध्यमिक विद्यालय कपिलबस्तुमा कक्षा ६ मा पढ्ने विद्यार्थी अविरल पाेखरेल, जाे नहेरिकनै छाेएर, छामेर, सुँगेर र अन्य सेन्स लगाएरै पढ्न, रङ्ग चिन्न, फाेटाे चिन्न र अनेक गर्न सक्छन् । – Abiral Pokharel हेर्नुस् तलकाे भिडियाे —– भिडियाे साभारः  सीधाकुरा जनतासँग